अर्थ-वाणिज्य

खेलराजको नाम सिफारिस प्रति ३ वटा क्षेत्रिय सभापतिको आपत्ति,सिफारिस बदर गर्न माग




रुपन्देही ६ बैशाख । नेपाली कांग्रेस बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयर तथा उपमेयर पदमा गरेको सिफारिसलाई लिएर कांग्रेसमा तिव्र असन्तुष्टी देखापरेको छ । कांग्रेसको नगरसमितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको बताएको थियो । खेलराज पाण्डेको नाम सिफारिस भएको प्रति कांग्रेसका ३ वटा क्षेत्रिय सभापति सहितले विज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरेकाछन् । त्यस्तै उपमेयरमा ८ जनाको नाम शिफारिस गरेको थियो । आज गरेको उक्त शिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरुले एक वक्तव्य जारी गर्दै नगरसमितिले गरेको सिफारिस वदर गर्न लुम्विनी प्रदेश समिति समक्ष माग गरेको कांग्रेसका एक क्षेत्रीय पदाधिकारीले वताए । यो निर्णयको विरुद्ध उनीहरुले प्रदेस समिति र जिल्ला समितिलाई ज्ञापन पत्र समेत वुझाएका छन ।
उक्त ज्ञापनपत्रमा क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरु क्रमशःपर्शुराम ढकाल र खड्क वहादुर महत लगाएत महेशमान सिंह, जनक कोईराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, चुन्नु प्रसाद पौडेल, रविन्द्र श्रेष्ठ, जित वहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराइ, नरेश्वर पौडेल, गोकर्ण वन्जाडे, रामेश्वर श्रेष्ठ मुक्ति अधिकारी र जोग वहादुर खत्रीको हस्ताक्षर रहेको असन्तुष्ट पक्षका एक नेता जनक कोईरालाले वताउनु भयो ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६