पर्यटन

राप्रपाको आमसभालाई संबोधन गर्न अध्यक्ष लिङदेन आउदै




बुटवल ७ बैशाख । राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बैशाख ८ गते हुने आम सभाको तयारी पूरा भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताए ।पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए । राप्रपामा अधिकांस युवा नेतृत्वमा आउँदा आकर्षण बढेको दाबी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टीको रुपमा रहेको उनले दाबी गरे । प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानीय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए ।
राप्रपाका सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष तथा पुर्वमन्त्री निरन्जन थापाले यो संविधानलाई आलोचनात्मक समर्थन गरेको भन्दै संविधानमा पार्टीहरुको आ–आफ्नो एजेण्डा राखिएको बताए । भष्ट्राचारले किलो गाडेको दुखेसो गर्दै उनले राप्रपा नेतृत्व परिवर्तन गरेको हुँदा पनि आम जनमानसमा लोकप्रियता बढेको दाबी गरे । काँग्रेस, एमालेको एजेण्डा नरहेको भन्दै राप्रपासंगमात्र अल्पकालिन र दिर्घकालिन एजेण्डा रहेको दाबी गरे।
पार्टीले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा उभिएको तथा भष्ट्राचारबाट देश आक्रान्त भएकाले यसको न्युनिकरण जस्ता प्रमुख एजेन्डा लिएर अघि बढेको बताए । कार्यक्रममा केन्द्रिय सदस्य तोयनाथ लम्साल, रुपन्देही जिल्ला प्रवक्ता पुनाराम पोखरेल, नगर अध्यक्ष निरजप्रताप राणाले नयाँ शक्तिको रुपमा राप्रपाको विकल्प नभएको बताए ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६