जीवनशैली

आजदेखी ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द



काठमाण्डाै ७ बैशाख – पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

भारतको मधुवनी जयनगरमा बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी न्यूनीकरणलगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६