काठमाडौं ७ बैशाख ।
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया