खेलकुद

रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने



रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने भएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणलाई कारण देखाएर बेलायतको सर्वोच्च टेनिस संस्था अल इङ्ल्यान्ड क्लबले रुसी र बेलारुसी खेलाडीलाई आउँदो जुनमा हुने तेस्रो ग्रान्डस्लाम विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

एटीपी, डब्ल्यूटीए टुर्स र अन्तर्राष्ट्रिय टेनिस महासङ्घले रुसी खेलाडीलाई प्रतिबन्ध नलगाए पनि इङ्ल्यान्डले भने प्रतिबन्ध लगाएको हो । इङ्ल्यान्डकाे यो निर्णयले विश्व वरीयताको दोस्रो स्थानमा रहेका ड्यानियले मेदभेदेव र आठौँ वरीयतामा रहेका आन्द्रे रबलेभको शीर्ष स्थानमा पुग्ने सपनामा झट्का लागेको रोयटर्सले जनाएको छ । 

यसअघि गएको मार्चमा बेलायती खेलकुदमन्त्री निगेल हडलस्टनले रुसको झन्डा फहराउने कुनै पनि व्यक्तिलाई आफ्नो देशमा प्रवेशको अनुमति दिन नहुने बताउनुभएको थियो । रुसले युक्रेनमा आक्रमण गरेको कारणलाई देखाएर रुसलाई फिफाले विश्व कप फुटबलको छनोट खेल्नबाट रोक लगाएको छ भने यूईएफएले च्याम्पियन्स लिगमा पनि प्रतिबन्ध लगाएको छ । 

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६