प्रदेश

कांग्रेस कहिलेसम्म कम्युनिस्ट पार्टीसँग डराइरहने ? : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस कम्युनिस्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आज बुधवार नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा कम्युनिस्टहरूकाे दाेहाेराे चरित्र बारुम्बार देखिएकाले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताउनुभयो । 

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन् । हामी त्यसमा चित्त बुझाउने हो ? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी निरन्तर रूपमा कुनै न कुनै कम्युनिस्ट पार्टीको डरमा बाँचिरहनुपर्ने हुन्छ । हामी अहिले डराउने भयौँ । हामीले सँगै लिएर नहिँडे अर्को कम्युनिस्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ । यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ । ठूलो चुनावमा झनै तर्साउने भए । मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो । फेरि मिल्ने भयौँ । फेरि मिल्दा चुनाव पनि जितौँला । चुनाव जितेको भोलिपल्ट दिने हो कि होइन भन्ने भए । फेरि हामी डराउने भयाैँ ।’

महामन्त्री थापाले कुनै पनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्योभन्दा तलका तहलाई अधिकार दिएको बताउनुभयो । 

ढिलो/चाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । 

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६