दाङ ८ बैशाख ।वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धन दल बीच खटपट देखिएको छ । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले लुम्बिनीका ४ वटै उपमहानगरसहित अधिकांश पालिकाहरुमा आफ्नो बर्चश्व जमाउन खोजेपछि खटपटको संकेते सिर्जना एको हो ।गठबन्धनमा रहेका अन्य ४ दल मध्ये कुनै पनि दललाई प्रदेशका उपमहानगरहरुको प्रमुख पदमा निषेध गर्ने काँग्रेसको रणनीतिले अन्य दलहरु बिच्किएका छन् ।
यसैगरी नगरापलिका तथा गाउँपालिकाहरुमा समेत काँग्रेसले बढी भाग खोज्न थालेपछि गठबन्धनकै दलले गठबन्धन बाहिरका अन्य दलहरुसँग मिलेर वा एक्लै पनि चुनावमा जाने निर्णय भएको छ ।लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल उपमहानगरमा काँग्रेसले आफ्नो पार्टीकोतर्फबाट प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेको छ । काँग्रेसको उक्त निर्णयसँगै उपमहानगरको प्रमुख पद आफूहरुले पाउनु पर्ने माग राख्दै आएको एकीकृत समाजवादीलाई ढोका बन्द जस्तै भएको छ । गठबन्धन दलभित्र सहमती नै नगरी काँग्रेसले एकपक्षीय रुपमा आफ्ना पार्टीका नाम सिफारिस गर्दा एकलौटी गर्न खोजेको आरोप अन्य दलका नेताहरुले लगाउने गरेका छन् ।
काँग्रेसले गठबन्धनको नाममा फाइदाजती आफूले मात्रै लिन खोजेको गठबन्धन दलका एक नेताले गुनासो गरे । यद्यपी काँग्रेस भित्रै अर्को पक्षले नाम सिफारिसको विषयमा असन्तुष्टि जनाएका छन् । प्रमुखको दाबी गर्दै आएका उनीहरुले पार्टी भित्र छलफल नै नगरी एकलौर्टी नाम सिफारिस गरेको भन्दै अन्तरसंघर्षमा रहेका छन् ।यसैगरी दाङको घोराही उपमहानगरपालिकामा पनि आफूहरुले नै प्रमुख पदको उमेद्वार बन्न पाउनु पर्ने स्थानीय तहका काँग्रेस नेताहरुले अडान राख्दै आएका छन् । नेपाली कांग्रेस घोराही नगर समितिले मँगलबार पत्रकार सम्मेलन गरी काँग्रेसलाई प्रमुख पद नदिए परिणाम राम्रो नआउने चेनावनी दिएको छ ।
८ बैशाख २०७९, बिहिबार








प्रतिक्रिया