काठमाण्डाै – नेकपा एमालेले आउँदाे शनिवार महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुङ्गाे लगाउने भएको छ ।
बालकोटमा आज बिहीवार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भएको र यस विषयमा आउने बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताउनुभयो ।
गुरुङले भरतपुर महानगरबाट विजय सुवेदी, वीरगञ्जबाट विजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको जानकारी दिनुभयो । सचिवालयको अर्को बैठक शनिवार बस्नेछ ।
प्रतिक्रिया