समाचार

अफगानिस्तानका २ वटा सहरमा बम विस्फोट, १६ जनाको ज्यान गएको पुष्टि



अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको ज्यान गएको पुष्टि भएको छ । बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेकाे एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परि घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ ।

त्यस्तै कुन्दुजमा भएको आक्रमणमा चार जनाको ज्यान गएको छ । त्यहाँ १८ जना घाइते भएका छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि बम आक्रमण तथा विस्फोटका घटना कमी भएका थिए ।

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस) ले लिएको खबरमा उल्लेख छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६