अन्तर्राष्ट्रिय

यू–१९ वुमन्स विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा



नेपाल क्रिकेट संघ (क्यान) ले दुई महिनापछि मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि प्रारम्भिक ४४ सदस्य टोली घोषणा गरेको छ ।

अर्कोवर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि क्यानले पहिलो चरणको तयारी स्वरुप ४४ सदस्य खेलाडी बोलाएको हो । अघिल्लो महिना धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई आधार मान्दै टोली बोलाएको छ । प्रशिक्षण बैशाख १० देखि पोखरामा सुरुहुनेछ ।

एसिया क्षेत्र छनोटमा कति टोली सहभागी हुने निर्धारण भने भई सकेको छैन । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

घोषणा टोलीमा महिला राष्ट्रिय प्रतियोगिता खेलि सकेका खेलाडी छन् । सिनियर घरेलु प्रतियोगितामा राम्रो छाप छाडेका कृतिका मरासिनी, साना प्रविन, ज्योति दनवार, सुस्मिता भुषाल, स्वतिका बजागाई र ज्योत्स्किा मरासिनी, ज्योति दनवार लगायतका खेलाडी छन् ।

१२ टेस्ट टोली मध्य अफगानिस्तानले सहभागीता जनाउने छैन । प्रतियोगिता २०२३ मा जनवरी फेब्रुअरीमा हुने आइसिसीले जनाएको छ । प्रतियोगितामा कुल १६ टोली सहभागी हुँदा ४१ खेल हुनेछन् ।

प्रारम्भिक टोलीमा बोलाएका ४४ खेलाडी :

हेलिसा गुरुङ, किरण कुमारी कुँवर, तृसना विश्वकर्मा, अनु खडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रञ्जु श्रेष्ठ, साना प्रविन, एसोदा विष्ट, एलिसा यादव, विमला मगर, एलिसा कुमारी खडाया, हिरनमयी रोय, स्नेहा महरा, मनिषा उपाध्य, विना थापा, अन्जली थापा, मनिषा चौधरी, विपिशा शाही, ज्योत्स्निका मरासिनी, कुसुम गोदर, यशु पाण्डे, ज्योति दनवार, मधु रावत, श्रिमी सिंहथारु, भवानी कमाती, सोनी पाख्रिन, प्रिया मलाह, सोनिया थापा, मनिषा राना मगर, दीक्षा पुरी, नितु घर्तीमगर, सुस्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजागाई, श्रृष्ठी जैसी, अञ्जली शाह, कृतिका मरासिनी, निसा शाह, आंग पेम्बा लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६