अर्थ-वाणिज्य

बाणगंगा नगरपालिका पूर्ण खोप सुनिश्चता नगरपालिकाका घोषणा



कपिलवस्तु ९ बैशाख : बाणगंगा नगरपालिका पूर्ण खोप सुनिश्चता नगरपालिकाका घोषणा भएको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नगरपालिका पूर्ण खोप सुनिश्चता नगरपालिकाका घोषणा भएको हो । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई पूर्ण खोप नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नूभएको थियो ।

योसंगै बाणगंगा नगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चितता गर्ने नगरपालिका भएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले कोभिड–१९ को महामारीमा यस नगरलाई विभिन्न तरिकाबाट सहयोग गर्ने संघ संस्था, संचारकर्मी, स्वास्थ्य स्वयसेवीका, नगरपालिकाका कर्मचारी लगायतलाई प्रशंसा पत्र हस्तान्तरण गर्दै महामारी विरुद्ध खटिएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

उहाँले बाणगंगा नगरबाट गरिएको अथक प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि पुर्ण खोपको अवस्था कायम राख्न नगरपालिका सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सम्पुर्ण स्वास्थ्यकर्मी, नगरपालिकाका विभिन्न क्षेत्रमा क्रियाशिल संघसंस्था, कर्मचारी, संचारकर्मी तथा अन्य धेरै निकायको अथक प्रयास र मेहनतले बाणगंगा नगरपालिका कपिलवस्तु जिल्ला मै पहिलो १२ वर्ष माथि उमेर समुहकालाई कोभिड १९ विरुद्धको खोप सुनिश्चितता नगरपालिका घोषणा भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन बाणगंगा नगरपालिका स्वास्थ्य शाखाका भक्तिराम पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६