राजनीति

बाणगंगा वडा नं.२मा आफु वडा अध्यक्षको बलियो उमेद्धार भएको कमल क्षेत्रिको दावि




कपलवस्तु, ०९ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ को अध्यक्षमा कमल क्षेत्रिले आफु वडा अध्यक्षको बलियो उमेद्धार भएको दावि गरेका छन् । जोसिला युवा क्षेत्रीले वडाको विकास एवम् समृद्धिमा युवाको नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्षमा आफु बलियो उम्मेद्वार रहेको बताएका छन् । क्षेत्रीले युवाहरुको चाहना र समंग्र वडा वासिको तिव्र प्रेसर पछि आफुले उम्मेद्वार घोषणा गरेको बताए । क्षेत्रि पछिल्लो समय कुशल युवा नेतृत्वका रुपमा स्थापित छन् । वडा नं.२का कमल नेकपा एमाले निकट युवा संघका जिल्ला अध्यक्ष तथा एमाले जिल्ला कमिटि सदस्या समेत रहेका कमल वडा न. २ को राजनितिम तथा विभिन्न संस्थामा आवद्ध रहेर वडा वासिको मन जित्न सफल भएका छन् । कमलले वडाका सम्पूर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे । वडावासीको आवश्यकता एवम् अपेक्षालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उनले प्रतिवद्धता जनाएका छन् । युवाका माँझमा लोकप्रिय रहेका उनी सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिन्छन् । वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, कृषि, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उनको दाबी छ । उनले सबैलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन सबै वडावासीलाई आह्वान समेत गरे । उनले पार्टीबाट प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आएका छन् । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उनी सक्षम नेतृत्वको भुमिका निर्वाह गरेको वडाबासिहरु बताउछन् । उनले कोरोना महामारीको विषम परिस्थितिमा उद्धार, राहतमा नेर्तवदायी भूमिका निर्वाह गरेका थिए ।
उनले युवा युवति, महिला, बालबालिका तथा बृद्ध बृद्धाका समस्या समाधानमा आफुले लागि परेर काम गर्ने भएकाल वडाध्यक्षको बलियो दाबेदार रहेको बताईएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६