अर्थ-वाणिज्य

बाणगंगाको प्रतिबद्धता :एमालेले जितेका वडामा पानी ,विजुली र सवारी निशुल्क




कपिलवस्तु १० बैशाख । नेकपा एमाले वाणगंगाले नेपाल कम्युनिष्ट पार्टीको ७३ औं पार्टी स्थापना दिवस वाणगंगामा मनाएको छ । आसन्न वैशाख ३० को स्थानीय निर्वाचन केन्द्रित रहेर आफनो स्थापना दिवस मनाएको हो । नेकपा एमालेले ५ वर्षको अवधीमा स्थानीत तहमा गरेका उपलब्धी तथा कामहरुको सार्वजनिक गर्दै आउदो ५ वर्षका लागि चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । वाणगंगा नगरपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन जितेपछि ५ वटा महत्वपूर्ण क्षेत्रहरुलाई प्राथमिकता दिएर प्रतिवद्धता तयार गरेको थियो । पार्टीले स्थानीय तहमा निर्वाचन जितेपछि अपाङगता गरिब विपन्न तथा पछाडी पारिएको समुदायको खानेपानी र विजुलीको न्यूनतम महशुल पूर्ण निशुल्क हुने भएको छ भने गर्भवती सुत्केरी महिलालाई प्रसुती र चेकअपकालागि एम्वुलेन्स निशुल्क उपलब्ध हुने प्रतिवद्धता जनाएको छ ।
नगरमा शुशासन तथा पारदर्शीता कायम गर्दै सेवाग्राहीलाई सहज सरल झन्झट मुक्त सेवा प्रवाह गर्ने बताएको छ । विगतका अधुरा योजनाहरु चक्रपथ, फाहोलमैला व्यवस्थापन, गौशाला, बसपार्क, पूर्वाधार विकासलाई प्राथमिकताका साथ पुरा गर्ने जनाएको छ । कार्यक्रममा महिला, युवा, दलित, जनजाति, अल्पसंख्यक समुदायको शसक्तिकरण, रोजगारी तथा सहयोगका लागि विशेष प्याकेज तयार गर्ने प्रतिवद्धता तयार गरेको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य एवम प्रदेश क्षेत्र १का संयोजक भेषराज पाण्डेले प्रस्तुत गर्नुभएको ६ पृष्ठ लामो प्रतिवद्धता पत्रमा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, संस्थागत क्षेत्रको प्रवर्धन र विकासमा जोड दिइएको छ ।कार्यक्रममा प्रमुख अतिथी विमला घिमिरेले समृद्ध नेपाल सुखी नेपालीको आंकाक्षा पुरा गर्न नेकपा एमालेलाई स्थानीय निर्वाचनमा वहुमतका साथ विजयी गराउन सवै नेता कार्यकर्तालाई घरदैलोमा जान आग्रह गर्नुभयो ।यस्तै कार्यक्रममा प्रदेश कमिटी सदसइ चक्रपाणी अर्यालले २० औ बर्ष हुन नसकेको विकास निमार्णका काम ओली नेतृत्वको सरकारका पालामा भएको बताउदै अब आउने स्थानीय तहको चुनावमा एमालेलाई हार्न छुट नभएको औल्याउनुभो ।यता कार्यक्रममा जिल्ला कमिटि उपाध्यक्ष विश्राम थारु सार्वजनिक भएको घोषणा पत्र व्यक्तिको नभई पार्टीकै घोषणा पत्र रहेको बताउदै स्थानीय तहमा जित हासिल भए ति प्रतिबद्धता पुरा हुने बताउनुभयो।

कार्यक्रममा प्रदेश कमिटि सदस्य दोर्णराज सुवेदी, वाणगंगा नगर कमिटिका इन्चार्ज शंकर पाण्डे, नगर अध्यक्ष युवराज पोखरेल, जिल्ला कमिटि उपाध्यक्ष विश्राम थारु, जिल्ला कमिटि सचिवालय सदस्य विमल सारु मगर लगाएतको उपस्थिती रहेको थियो । नगर सचिव विष्णु गिरीको संचालन तथा उपाध्यक्ष मुक्त बहादुर कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा अन्य पार्टी परित्याग गरी नेकपा एमालेलमा प्रवेश गरेका १५ जना नयाँ सदस्यहरुलाई पोलिटव्युरो सदस्य विमला घिमिरेले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

यसैगरीयहि आउदो वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि प्रतिबद्धता घोषणा पत्र सार्वजनिक तथा पाटीको ७४ औं स्थापना दिवस नेपाल कम्युनिष्ट पाटी नेकपा एमाले कपिलवस्तु नगरपालिकाको आयोजनामा मदन आश्रित स्मृति भवन तौलिहवामा शुक्रवार गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य खुम प्रसाद आचार्यले पाटी स्थापना भएको ऐतिहासिक दिनमा जनता बिच गरिने चुनाबी प्रतिबद्धता घोषणा पत्रले एमालेको जित सुनिश्चित भएको जनाउनु भयो । एमालेको जनपक्षिय निति कार्यक्रम हुदा जनता एमालेप्रति विश्वस्त बन्दै गएको नेता आचार्यले बताउनु भयो । कम्युनिष्टको इतिहास बारे बताउदै प्रदेश कमिटि सदस्य बाबुराम खनालले मुलुकलाई कम्युनिष्टको आवश्यकता भएको औल्याउनु भयो ।
ज्येष्ठ नागरिकका लागि , एकल महिलाका लागि , युवाका लागि , शुसासन र विकासका लागि एमालेको जित आवश्यक रहेको नेता खनालले बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य हुमनाथ पाण्डेले चुनाबमा गठबन्धनले सुर्यको प्रकासलाई छेक्न नसक्ने जनाउदै वैशाखी टेक्नेहरुले देश चलाउन नसक्ने जनाउनु भयो । कार्यक्रममा जिल्ला कमिटि सदस्य एवं नगर सहइन्चार्ज सुन्दर पाण्डेले टिकट पाए जितेर देखाउने , नपाएर जिताएर देखाउने हिम्मत सबै कार्यकर्ताले राख्नु पर्ने जिकिर गर्नु भयो ।
एमालेमा सबै कार्यर्ताहरु मेयर दखि वडा अध्यक्ष सम्म चलाउन सक्ने क्षमतावान भएको समेत उहाँले जनाउनु भयो । कार्यक्रममा नगर अध्यक्ष श्यामप्रजापतिले चुनाबी प्रतिवद्धता घोषणा पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नगर सदस्य रिसब पौडेलले गर्नु भएको थियो । कार्यक्रममा नेता कार्यकर्ताृहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६