राजनीति

बुटवल उप–महानगरमा एमाले र जनमुक्ति पार्टीले गरे चुनावी तालमेल



बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको एमालेले नगर अध्यक्ष किसन ज्ञवाली बताए ।

एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले सम्झौता हस्ताक्षर गरेका हुन् ।

तालमेलसँगै दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने योजना बनाएका छन् । यसअघि एमाले जितेको बुटवलमा अहिले गठबन्धन दलहरू एकातरि भएपछि पार्टीले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको हो ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६