खोज–अनुसन्धान

भागवण्डाः कांग्रेसलाई ६, माओवादी र एकीकृत समाजवादीलाई दुई–दुई पालिका




पाल्पा १० बैशाख।सत्तारुढ दलहरुबीच पाल्पाका स्थानीय तहमा तालमेलका लागि भागवण्डामा सहमति भएको छ । शनिबार गठबन्धनमा रहेका दलका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागवण्डा गरेको हो । जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई वटाको प्रमुख र तीन वटाको उपप्रमुखको उम्मेदवार पाएको छ । नेकपा एकीकृत समाजवादीले दुई पालिकाको प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाएको एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेले जानकारी दिए ।सहमति अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, मथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकाको प्रमुखको उम्मेदवार पाउनेछ ।

नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउँ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ । उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका परेको छ । नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपप्रमुख पाउनेछ । नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपप्रमुखको उम्मेदवार पाएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६