अर्थ-वाणिज्य

दाङका १० बटैतहमा एमालेले गर्यो उम्मेदवारीको टुंगो




दाङ ११ वैशाख, । नेकपा एमाले दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ ।घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले बताए ।त्यस्तै तुलसीपुरमा टीकाराम खड्का मेयर र स्यानी चौधरीलाई उपमेयरमा उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी लमही नगरपालिकामा मेयरमा डन्डीराम चौधरी र उपमेयरमा शुशिला शर्मा उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै बबई गाउँपालिकको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि साबित्रा विश्वकर्मा उम्मेदवार बन्ने भएका छन् । दुवै जना अघिल्लो ०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।शान्तिनगर गाउँपालिकामा अध्यक्षका लागि विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कलापति चौधरी उम्मेदवार बन्ने भएका छन् ।यस्तै गढवा गाउँपालिमा अध्यक्षका लागि सहजराम ऐर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादब, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वता घर्ती उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले दाङले जानकारी दिएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६