बाणगंगा, ११ वैशाख ।
चिल्ड्रेन्ज प्याराडाईस ईङ्गलिश बोडिङ्ग हाई स्कुलको २५ औं वार्सिकोत्सव एवम अभिभावक दिवस तथा नतिजा प्रकासन – २०७९ सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, बाणगङ्गा नगर शिक्षा,युवा तथा खेलकुद बिभाग प्रमुख खिम बहादुर जिसको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिका वडा न. ८का वडा अध्यक्ष गुणानिधी भुसालको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बाणगङ्गा नगरका शिक्षा युवा तथा खेलकुद बिभाग प्रमुख खिम बहादुर जिसिले शिक्षाको गुणस्तर प्रभावकारी बनाउनु नै आफ्नो विद्यालयमा विद्यार्थीको संख्या बढाउने अन्तिम अस्त्र भएको बताउनु भएको थियो । पछिल्लो समय सरकारी स्कुलले समेत बोर्डिङ स्कुलको नक्कल गरेको हुदा बोर्डिङ स्कुलमा विद्यार्थीको संख्या कमि हुँदै गएको र सरकारी स्कुलमा विद्यार्थीको संख्या बढ्दै गएको उहाको बुझाइ रहेको छ । केहि समय एउटा विद्यालयमा पढाउने र पछि कुनै प्रक्रिया पुरा नगरि अभिभावकले अर्कै विद्यालयमा भर्न गरिदिदा पनि निकै समस्या आएकोले त्यस्तो नगरिदिन उहाँले अभिभावक समंक्ष अनुरोध समेत गर्नुभएकोे छ ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथी वडा अध्यक्ष गुणानिधी भुसालले विद्यालयको २५ औं बार्षिकोत्सबको अबसरमा शुभकामना दिदै बोर्डिङ स्कुलले अब शिक्षण प्रणाली लाइ अझै प्रभावकारि बनाउन नसके अभिभावकले बालबालिकालाइ सरकारी स्कुलमा भर्ना गरिदिनेमा दुइमत नरहेको बताउनु भयो । नगरका बोर्डिङ स्कुल आफुआफुमा विद्यार्थी तान्ने होडबाजी गरिरहदा सरकारी स्कुलले विद्यार्थी तान्न सफल भएको उहाँले बताउनु भयो । अब नगरका बोर्डिङ स्कुलहरु एक आपसमा मिलेर नगए बोर्डिङ स्कुल धरापमा पर्ने समेत उहाँले बताउनु भएको छ ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक विष्णु प्रसाद अर्यालले चिल्ड्रेन्ज प्याराडाईस ईङ्गलिश बोडिङ्ग हाई स्कुलको २५ औं बर्षले खुशि दिएको बताउनु भएको छ । विगतमा विद्यालयले जनयुद्ध, विभिन्न नाका बन्दी तथा कोभिडको मार खेप्दै यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका लगाएत सबैलाई आभार व्यक्त गर्दछु उहाँले भन्नु भयो । प्याराडाईसलाई हामिले विद्यार्थी भाईवहिनीको शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलापमा कुनै कमि हुन नदिने जिकिर गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक केशव सापकोटाले विद्यालयलाइ अघि बढाउनको अभिभावकले गरेको योगदान निकै महत्त्वपूर्ण रहेको भन्दै धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रमम बोल्दै प्रधानाध्यापक सापकोटाले भन्नुभयो ‘ प्याराडाईस गुणस्तरमा कमि आएको छैन ।’ “विद्यालयले विभिन्न आरेह अवरोधका विच गुणस्तरिय विद्यार्थी उत्पादन गर्दौ २५ वर्ष वितायौं, आगिमि शैक्षिक सत्रदेखि शिक्षालाइ अझै गुणस्तरीय बनाउनको लागि विभिन्न कार्यक्रम ल्याउने छौं सापकोटाले भन्नुभयो ।”
कार्यक्रममा यस शैक्षिक सत्रको नतिजा प्रकाशन समेत गरिएको थियो । विद्यार्थीले आफुले सिकेका ज्ञानलाइ परिक्षा दिएर ल्याएको परिक्षा फललाइ विभिन्न श्रेणीमा बिभाजन गरि उत्कृष्ट स्थान ल्याउन सफल विद्यार्थीलाइ पुरस्कार वितरण समेत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा विभिन्न विद्यार्थीको समुहले विभिन्न सास्कृतिक कार्यक्रम तथा खेलकुद सम्बन्धि प्रतिभा समेत प्रस्तुत त्यस्तै कार्यक्रममा विभिन्न विद्यार्थीको समुहले विभिन्न सास्कृतिक कार्यक्रम तथा खेलकुद सम्बन्धि प्रतिभा समेत प्रस्तुत गरेका थिए । विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार लगायत विभिन्न ब्याक्तिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शिक्षिका बसन्ती कडेंलको स्वागत मन्तव्य तथा शिक्षिका एलिना घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया