जीवनशैली

आफन्त भेट्न गएका बुटवलका दम्पती मृत अवस्थामा फेला



रुपन्देही ।

६ दिनअघि आफन्त भेट्न गएका बुटवलका एक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ७ शिव नगर सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहाुर केसीले बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको बताए ।

गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दम्पतीका छोराहरू वैदेशिक रोजगारीमा रहेको र उनीहरू घरमा छोरी तथा बुहारीसँग बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६