जीवनशैली

धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु



धादिङ ११ बैशाख – धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । काठमाण्डाैबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाण्डाै जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई  थाक्रे गाउँपालिका ७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका सबै कारमा सवार थिए । दुर्घटनामा घाइते भएका उनीहरूकाे उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा ज्यान गएको हो ।

घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाण्डाैमा उपचार चलिरहेको छ । उहाँ बसमा सवार हुनुहुन्थ्यो । दुर्घटनाको कारण खुलेको छैन । 

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६