दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय दिपक वलीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले मुसलवान डाँडामा ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले वलीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।








प्रतिक्रिया