प्रदेश

बाणगंगा ४ मा एमालेबाट छवि रेस्मी मगर वडा अध्यक्षको उम्मेद्वार




कपिलवस्तु, १२ वैशाख ।
नेकपा एमालेले बाणगंगा नगरपालिका वडा नं.४ मा छविरेस्मी मगरलाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । रेस्मीले वडाको विकास एवम् समृद्धिका लागी आफ्नो उम्मेद्वारी रहने बताउनुभएको छ । रेस्मी लामो समयदेखि कुशल युवा नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार र खेलकुद आफ्नो प्राथमिकता रहने बताउनुभयो । ‘ शिक्षा, स्वास्थ्य, रोजगार र खेलकुद मेरो पहिलो प्राथमिकता रहन्छ, यसको सुनिश्चित गर्न मलाई भोट दिन सबैलाई आह्वान गर्छु ।’ उहाँले भन्नुभयो ।

वडालाई भ्रष्टाचार मुक्त वडा बनाउँदै जनतालाई शुसानको प्रत्याभूति दिलाउने उहाँले जिकीर गर्नुभयो । वडा नं.४ मा नेपाली कांग्रेसले गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको थियो । अहिले त्यो नतिजालाई उल्टाउन आफु सक्षम रहेको उहाँले दाबी गर्नुभयो । उहाँले वडालाई देशभरका सबै वडाहरु मध्ये एक नम्बरको सर्वोत्कृष्ट वडा बनाउने घोषणा समेत गर्नुभएको छ । वडाका सम्पूर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । वडावासीको आवश्यकता एवम् अपेक्षालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उहाँले प्रतिवद्धता जनाएका छन् ।

हाल कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका उहाँ सबैको माँझमा लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ । स्पष्ट वक्ता, एक भिजन भएको नेताका रुपमा परिचित उहाँ आफ्नो जिम्मेवारीलाई नमुना बनाउन सक्ने क्षमतावान व्यक्तिका रुममा स्थापित हुनुहुन्छ ।

वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सडक, विद्युत, कृषि, खेलकुद, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उहाँले जिकीर गर्नुभयो । उहाँले वडावासीलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन आह्वान समेत गर्नुभएको छ । उहाँ सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिनुहुन्छ ।

उहाँले पार्टीबाट प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आउनुभएको छ । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उहाँ कुशल नेतृत्व गर्न सक्षम रहेको बताईन्छ । उहाँ वडाध्यक्षको बलियो दाबेदार रहेको बताईएको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६