राजनीति

विवेकशील साझाका उम्मेदवारद्वारा काठमाण्डाैकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता



विवेकशील साझा पार्टीका उम्मेदवारहरूले काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डौको निर्वाचन कार्यालयमा गएर समीक्षा बाँस्कोटाद्वारा मेयरमा तथा उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याको समाधान गर्दै लैजाने गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनुभयो । उहाँले आफूहरू विजयी भएमा काठमाण्डौ महानगरमा विकास, निर्माणको कामले उचाइ लिने पनि बताउनुभयो ।

पार्टीले प्रतिज्ञापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, बिजुली गाडीकाे व्यवस्था, नदी, कुवा, खोलानालाहरूको सफाइ गर्ने उल्लेख गरेकाे छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६