अर्थ-वाणिज्य

कपिलवस्तुको निर्वाचनमा अनौठो संयोग :परिवार भित्रै प्रतिस्पर्धा




कपिलवस्तु १३ बैशाख ।कपिलवस्तुको चुनावी अभियानमा एकै परिवारका सदस्य बीच विभिन्न पार्टीवाट कडा प्रतिस्पर्धाहुने भएकोछ । १२ बैशाखमा भएको उम्मेदवारी दर्ताको प्राप्त प्रारम्भीक विवरण अनुसार कृष्ण नगर नगर पालिकामा कांग्रेसका तर्फवाट मेयर रजत प्रताप शाह र एमालेका तर्फवाट मेयर कुनाल प्रताप शाह बीच कडा प्रतिस्पर्धा हुने भएको हो । उहाहरु सहोदर काका भतिजा हुनु हुन्छ । यसैगरी बाणगंगाको वडा नं ७ मा पनि सहोदर २ भाई चुनावी टक्करमा होमिएका छन् । मोतिपुरका पूर्ब गाविस अध्यक्ष समेत रहेका नेत्र गिरीले जनता समाजवादीवाट र निवर्तमान वडाध्यक्ष विष्णु गरीले एमालेवाट उम्मेदवारी दर्ता गराएपछि टक्कर हुने भएको हो ।
यता लामो समय बृजेश कुमार गुप्तासंग राजनितिक सामिप्यता राखेका सुदिप पौडेल र सुनिता गुप्ताले उनको साथ छाडेर कपिलवस्तु नगरमा जसपावाट मेयर र उपमेयरको उम्मेदवार बने । पाँच दलिय गठबन्धन असफल भएपछि कपिलवस्तुको वाणगंगामा मोओवादी ,एकिकृत समाजवादी , जनमोर्चा र जसपाको चारदलिय गठबन्धन वनेर मेयरमा देवराज अर्याल र उपमेयरमा कमल भटराइले उम्मेदवारी दिने गरी एकाएक राजनीतिमा उदाए ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६