खेलकुद

आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो



काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ११ रनले हराएको छ ।

गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले ।

पञ्जाबका कागिसो राबडा र ऋषि धवनले २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८७ रन जोडेको थियो । पञ्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए।

आठ खेलमा चार वटामा जित निकालेको पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ। आठ खेलमध्ये ६ मा हार बेहोरेको चेन्नई चार अङ्कसहित नवौँ स्थानमा रहेको छ । आईपीएल क्रिकेट अन्तर्गत आज बेलुकी पौने आठ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर र राजस्थान रोयल्स खेल्दैछन् ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६