प्रदेश

बर्दिवासमा तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रकै बागी उम्मेदवार



बर्दिबास, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भनिए पनि दुबै दलका एक भन्दा बढी नेताले मेयरमा उम्मेदवारी दिएका छन् ।

मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रकै नेता रुद्र सुस्लिङ मगरले बागी उम्मेदवारी दर्ता गराएका छन् । सुस्लिङ माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल निकट मानिन्छन् ।

उम्मेदवार चयनमा विवाद भएको कांग्रेसबाट पनि मेयरमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेसको आधिकारिक उम्मेदवारको रुपमा चिरञ्जीवी हमालले उम्मेदवारी दर्ता गराएका छन् भने प्रल्हादकुमार क्षेत्रीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर सहितको पत्र निर्वाचन अधिकृतको कार्यालय बर्दिवासलाई प्राप्त भएपछि आधिकारिक रुपमा नेपाली कांग्रेसको तर्फबाट हमालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

त्यस्तै वडा नम्बर १ मा समेत माओवादी केन्द्रको तर्फबाट बागी उम्मेदवारी परेको छ । पार्टीले आधिकारिक उम्मेदवार हरिप्रसाद पौडेललाई बनाएपछि निरज अधिकारीले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट वडा नम्बर २ बाहेकका सबै वडामा बागी उम्मेदवारी परेको छ । पार्टीले मेयरमा हमाललाई टिकट दिएपछि कांग्रेस कार्यकर्ताहरुले बागी उम्मेदवारी दर्ता गराएका हुन् । बागी उम्मेदवारी दर्ता गराउनेहरु क्षेत्री पक्षका हुन् ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६