प्रदेश

कपिलवस्तुका दुई स्थानमा मात्र आंशिक गठबन्धन, अन्य पालिकामा कतै गठबन्धन भएन




हरि घिमिरे, १३ वैशाख ।
आसन्न वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा कपिलवस्तुका १० स्थानिय तह मध्य दुई स्थानमा मात्र आंशिक गठबन्धन भएको छ । बाणगंगामा चार दलिय गठबन्धन भएको छ । जसमा नेकपा माओवादि केन्द्र, नेकपा एकिकृत समाजवादि, राष्ट्रिय जनमोर्चा र जनता समाजवादि पार्टी ९जसपा० विच चुवानि तालमेल भएको हो । त्यस्तै शिवराज नगरपालिकामा नेकपा माओवादि केन्द्र, नेकपा एकिकृत समाजवादि विच तालमेल भएको छ । यस्तै अन्य ८ स्थानमा गठबन्धन भएको छैन् । जसमा बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, मायादेवि गाँउपालिका, विजयनगर गाँउपालिका, शुद्धोधन गाँउपालिका, यशोधरा गाँउपालिकामा गठबन्धन नभएको राजनितिक दलहरुले बताएका छन् । जिल्लामा क्रियासिल साना तथा ठुला दलहरुका उम्मेद्वारहरुले हिजोनै मनोनयन दर्ता गरि सकेका छन् । कतै पनि तालमेल हुन नसक्दा ठुला भनिएका राजनितिक दलहरुलाई जित्न कठिनहुने अनुमान गरिएको छ । गठबन्धन दलहरु बाहेका दलसंग कतै तालमेल नभएको बताईएको छ । गठबन्धन भएका ठाँउमा आफुहरुले जित्ने विश्वासका साथ उम्मेद्वारहरु घर दैलोमा लागेका छन् ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६