खोज–अनुसन्धान

कपिलवस्तुमा ३ हजार २५० उम्मेदवार चुनावी मैदानमा :कुन पालिकामा सबै भन्दा धेरै ?




कपिलवस्तु १४ बैशाख ।आगामी बैशाख ३० गते हुन गैरहेको दोस्रो पटकको स्थानीय तह निर्वाचन नजिकिएसंगै कपिलवस्तुमा पनि अधिकांश दलहरुले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । ६ नगरपालीका ४ गाउंपालीका गरी १० वटा स्थानीय तह रहेको कपिलवस्तुमा मनोनयन दर्तासँगै चुनावी चहलपहल बढेको छ । कतिपय उम्मेदवार मतदाता रिझाउन लागी परेका छन् ।जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकारी ज्ञानुराम पन्थीका अनुसार प्रमुख वा अध्यक्ष पदमा १ सय ५१ जना, उपप्रमुख वा उपाअध्यक्ष पदमा १ सय ९ जना वडा अध्यक्ष ७ सय ९१, सदस्य १ हजार १ सय ५१, महिला सदस्य ५ सय ३८, दलित महिला सदस्य ५ सय ९ गरी कुल ३ हजार २ सय ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबै भन्दा धेरै उम्मेदवार कपिलवस्तु नगरपालिमा रहेको वताइन्छ ।
२७ वटा राजनीतिक दल दर्ता रहेको यस जिल्लामा काँग्रेस, एमाले, नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्र र मधेसवादी दलहरुबीच नै मूख्य प्रतिष्पर्धा हुने देखिन्छ । ४ सय ६८ मतदान केन्द्र रहेको कपिलवस्तुमा तिन लाख ७३ हजार १ सय मतदाता रहेका छन् भने पाँच सय ३२ जना जनप्रतिनिधी छनौट हुनेछन् ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६