खोज–अनुसन्धान

कांग्रेस र माओवादीले बिश्वास घात गरे :जनमोर्चा



बुटवल,१५ बैशाख। राष्ट्रिय जनमोर्चाले स्थानीय तहका निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका बिच भएको सहमती बिपरीत कांग्रेस र माओवादीले बिश्वास घात गरेको बताएको छ।सत्तागठबन्धनका बिच भएको सहमती बिपरीत राष्ट्रिय जनमोर्चालाई रुपन्देहीबाट आउट गरेपछि स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टीले रुपन्देहीबाट अलग्गै उम्मेदवार उठाएको छ।राष्ट्रिय जनमोर्चाका आनसार १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा ८१ जना उम्मेदवार मैदानमा छन्। रुपन्देहीमा कांग्रेस माओवादीबाट धोका खाएको भन्दै गठबन्धनबाट अलग भएको छ।पांच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चालाई दुई ठुला दलहरुले अन्तिम समयमा आएर धोका दिएकोले सबै ठाउंमा उम्मेदवारी दिन सम्भव नभएपनि केही ठाउमा उम्मेदवारी दिएको सो पार्टीका नेताहरुले बताएका छन्।सबै स्थानीय तहमा उम्मेदवारी सजिलै दिन सक्ने सम्भावना थियो, तर हाम्रो इमान्दारिता माथी कांगे्रस र माओवादीले फाइदा मात्रै लिन खोजे राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीले भने।चुनावी सहमतिका लागि कांगे्रस र माओवादीले ठूलो घात गरेकाले सम्भव भएका ठाउंमा मात्र उम्मेदवारी दिइएको र धेरै ठाउंमा उम्मेदवारी दिन नसकिएको केसीले बताए।जनमोर्चा सबैभन्दा बढी सैनामैनाको बिषयलाई लिएर कांग्रेस माओवादीसंग बढी आक्रोसित छ।सैनामैना नगरपालिकामा बिहान सहमति भएपनि दिउस उम्मेदवारी दिने जानेबेला तपाईहरुलाई मिलाउन सकिएन भन्दै कांगे्रस र माओवादीले बैमानी गरेको जनमोर्चाको आरोप छ।रुपन्देहीमा गठबन्धन भाड्ने प्रमुख हात कांगे्रसको र राष्ट्रिय जनमोर्चालाई गठबन्धबाट बाहिर गराउने प्रमुख हात माओवादीको रहेको आरोप सचिव केसीले लगाए।राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले रुपन्देहीका ११ वटा स्थानीय तहमा आफ्नो पार्टीको संगठन मजबुत भएको दावी गर्दै गठबन्धनबाट आफुहरु बाहिरीदा गठबन्धनलाई नै घाटा हुने बताए।यसअघि माधव नेपाल नेतृत्वको एकिकृत समाजबादीले बुटवल उपमहानगरपालिका बाहेक अन्यत्र गठबन्धन भंग भैसकेको जनाउदै अलग अलग उम्मेदवारी दिएको छ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६