खोज–अनुसन्धान

गठबन्धन दलका कार्यकर्ता टाउको समाएर रुदै आफ्नै कार्यलयमा ढुंगामुढा गर्दैछन्: पौडेल




बुटवल १६ बैशाख ।पूर्व अर्थ तथा गृहमन्त्री नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन–०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए ।
नेता पौडेलले ६० प्रतिशत पालिकामा एमालेले जित्ने दाबी पनि गरे । उनले पाँच वटा महानगर, नौ वटा उपमहानगर र अधिकांश पालिका जितेर एमालेले स्थानीय सरकार बनाउने बताए । यस्तै एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, खिमलाल भट्टराई, भूमिश्वर ढकाल, भरत पोखरेल, सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र थापा, सचिव नारायण भण्डारीलगायतले सिद्धार्थनगर नगर प्रमुखका उम्मेदवार डाक्टर रामप्रसाद बस्यालले अहिलेसम्म धेरैको मुटु र नाडी छामेकोले यस्तो उम्मेदवार कुनै पार्टीमा नरहेको बताए ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६