खोज–अनुसन्धान

मेयरमा स्वतन्त्र उम्मेद्बारी दिएका जन्जीर सहित ४ हजारको फिर्ता



कपिलवस्तु १७ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा हिजो साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताउनुभयो । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।यता वाणगंगामा नेकपा एमालेका प्रदेश कमिटी सदस्य जन्जीर थारुले मेयरमा दियको स्वतन्त्र उम्मेद्बारी फिर्ता लिनु भएको छ। उहाले पार्टीको केन्द्रिय नेतृत्व सङग भयेको सहमति अनुसार फिर्ता लियेर एमलेका उमेदवारको जितका लागि सक्रिय हुने बताउनु भयो ।यस्तै एमाले बाङ्गङाका उपाध्यक्ष रहनुभएका मुक्त कार्कीले स्वतन्त्रबाट वडा अध्यक्षमा दिएको उम्मेदवारी मनोनयन फिर्ता लिनु भएको छ।वाणगंगा २ राजपुर निवासी कार्की विगत ३० वर्षदेखि नेकपा एमालको राजनीति गर्दै आउनुभएको छ ।उहाँले पार्टी कार्यकर्ताको आग्रहमा नेतृत्वसंग सहमती गरी आफनो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उम्मेदवारी फिर्ता लिदै कार्कीले , कार्यकर्ता शुभेच्छुक र पार्टी नेतृत्वसंग छलफल गरी मेरो उम्मेदवारी फिर्ता गरेको छु, अब वाणगंगामा नेकपा एमालेलाई हार्ने छुट छैन, नगरका ११ वटै वडामा जिताउन सवै पार्टी पंक्तिलाई आग्रह गर्दछु ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६