प्रदेश

तुलसीपुर उपमहानगरमा ९६ जनाकाे उम्मेदवारी फिर्ता



दाङ – दाङमा पालिका चुनावका लागि उम्मेदवारी दिएकामध्ये एक सय ७६ जनाले मनाेनयन फिर्ता लिएका छन । दाङमा दुई हजार चार सय १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

चुनावी कार्यतालिकाअनुसार आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको थियो । त्याे समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका एक सय ७६ जनाको मनाेनयन फिर्ता स्वीकृत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मनाेनयन फिर्ता लिनेमा सबैभन्दा धरै तुलसीपुर उपमहानगरपालिकाका ९६ जना उम्मेदवार रहेका छन् । यस्तै घोराही उपमहानगरपालिकाका १८ जना, बबईबाट १४ जना, दंगिशरणबाट १३ जना, राप्तीबाट नाै जना, गढवाबाट आठ जना, लमहीबाट सात जना, राजपुर र शान्तिनगरबाट पाँच/पाँच जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

भाेलि १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६