काठमाण्डाै – एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा क्यामरुनको एभेनिर फुटबल क्लबसँग बराबरी खेलेको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको मैत्रीपूर्ण खेलमा नेपालले क्यामरुनी टोलीसँग गोलरहित बराबरी खेलेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले प्रशिक्षण छाडेपछि १७ जना नयाँ खेलाडी प्रशिक्षणमा छन् ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुबेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
प्रतिक्रिया