प्रदेश

अर्घाखाँचीमा खोलाले बगाएर एक जनाको ज्यान गयो



अर्घाखाँची, १७ वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा गएराति आएको बाढीले बगाएर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया बालिका शिवानी घर्तीको ज्यान गएको हो ।

प्युठान मल्लरानी गाउँपालिका २ की शिवानी आफ्नी दिदीको घर ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताउनुभयो । खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा शव फेला परेको प्रनाउ थापाको भनाइ छ । उहाँका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि प्युठान अस्पतालमा पठाइएको छ । यस्तै बाढीले ५ घरमा क्षति पुर्‍याएको छ ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६