अर्थ-वाणिज्य

कपिलवस्तुका १० पालिकामा ४५ को उम्मेदवारी फिर्ता १४ को रद्ध: कसको भयो रद्ध ?




कपिलवस्तु १७ बैशाख । कपिलवस्तुमा १० पालिकबाट ४५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । गत बैशाख ११ र १२ मनोनय पत्र दर्ता गराएका उनीहरुले बैशाख १६ गते आफनो उम्मेदवारी फिर्ता लिएका हुन । कपिलवस्तुका १० पालिकामा कुल ३ हजार ५८३ मनोनय पत्र दर्ता भएको थियो । त्यस मध्ये रित नपुगको १४ नजाको उम्मेदवारी रद्ध भएको थियो । जिल्ला निर्वाचन कार्यालय अनुसार सबै भन्दा बढी बाणगंगा नगरपालिकामा २० जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताए ।सो पालिकामा ४ जना प्रमुख ७ जना वडाध्यक्ष, एक महिला र २ दलित महिला सदस्य, ६ वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।

कपिलवस्तु नगरपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन । वडाध्यक्षन २, महिला सदस्य १ र वडा सदस्य ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । शिवराज नगरपालिकामा ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन । वडाध्यक्ष २, दलित महिला सदस्य एक र वडा सदस्य एक जनाले फिर्ता लिएका हुन । महराजगंज नगरपालिका र बिजयनगर गाउपालिकामा तीन तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन । महाराजगंजमा वडाध्यक्ष एक, दलित महिला सदस्य एक र वडा सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता गरेका हुन ।
यस्तै बिजयनगरमा वडाध्यक्ष एक, दलित महिला सदस्य एक र वडा सदस्य १ जनाल उम्मेदवारी फिर्ता लिएका हुन । कृषण्नगर, बुद्धुभुमी, मायादेबी र यशोधरा गाउपालिकामा दुई दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन । कृष्णनगरमा एक वडाध्यक्ष र एक महिला सदस्य, बुद्धुभुमीमा एक वढडाध्यक्ष र एक सदस्य, मायोदबीमा २ दलित महिला सदस्य र यशोधरा गाउपालिकामा एक उपाध्यक्ष र एक वडा सदस्यले आफनो उम्मेदवारी फिर्ता लिएका छन । सुद्धोदन गाउपालिमा १ जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन । बाणगंगा नगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकाहरु रबिन्द्र प्रसाद नेपाल, सुर्य प्रसाद बराल, जंजीर प्रसाद चौधरी र कृष्ण प्रसाद भट्टराईले उम्मेदवारी फिर्ता गरेका छन ।
बाणगंगा नगरपालिका वडा नम्बर १ मा मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट उम्मेदवार बनेका रण बहादुर दर्जी, वडा नम्बर २ मा स्वतनत्र वडाध्यक्षमा उम्मेदवारी दिएका मुक्त बहादुर कार्की, वडा नम्बर ४ मा स्वतन्त्र वडाध्यक्षको उम्मेदवारी दिएका लक्ष्मण प्रसाद शर्मा र रतेन्द्र सेन वडा नम्बर ७ मा नेकपा माओबादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका शिव प्रसाद बन्जाडे, वडा नम्बर ९ मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका कमल बेल्बासे र भुवनेश्वर पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन । कपिलवस्तु नपा वडा नम्बर ६ का स्वतन्त्र उम्मेदवार भोजराज खनाल, कपिलवस्तु नपा वडा नम्बर १० का स्वतन्त्र उम्मेदवार गजाधर पाण्डेय, कृष्णनगर नगरपालिका वडा नम्बर ६ स्वतन्त्र उम्मेदवार अब्दुल गफ्फार मुसलमाले उम्मेदवारी फिर्ता लिएका छन ।
बुद्धुभुमी नगरपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका लोक प्रसाद खनाल, महराजगंज नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दिएका धर्मेन्द्र कुमार मिश्र, यशोधरा गाउपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएकी प्रेमलता भट्ट, बिजयनगरमा वडा नम्बर ५ मा वडाध्यक्षको उम्मेदवारी दिएका धिरेन्द्र कुमार चौधरील उम्मेदवारी फिर्ता गरेका छन । शिवराज नगरपालिकामा वडा नम्बर ९ मा वडाध्यक्षको उम्मेदवारी दिएका जनता समाजबादी पार्टीका मंगल प्रसाद थारु शिवराज नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षमा उम्मेदवारी दिएका राकेश सिंह रायमाझीले उम्मेदवारी फिर्ता लिएका छन । उता बुद्धभुमी नगरपालिका वडा नम्बर ८ मा एमालेको तर्फबाट उम्मेदवार बनेका ओम प्रकाश तिवारीको मृत्यु् भए पछि शनिवार त्यस पालिकामा निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६