खोज–अनुसन्धान

बाणगंगामा २ दलको मात्र पुरै उम्मेदवार,लोसपाले उम्मेदवार पाउनै सकेन



कपिलवस्तु १७ बैशाख ।राजतिनिक रुपमा उच्च सचेतना भएको बाणगंगमा एमाले र कांग्रेस बाहेकका अन्य राष्ट्रिय दलले मेयर उपमेयर सहित सम्पूर्ण वडाहरुमा उम्मेद्धवार उठाउन नसकेको पुष्टि भएको छ । निर्वाचन कार्यालय बाणगंगाका प्रमुख टेकराज अर्यालले दिएको जानकारी अनुसार मेयर उपमेयर सहित सबै वडामा उम्मेद्धवारी दिने दलमा एमाले र कांग्रेस मात्र परेका छन । उनीहरुले सबै वडामा गरी ५७ जनालाई उम्मेद्धावारी बनाएका छन । त्यसैगरि एमाले कांग्रेसपछि उम्मेवार बनाउने पार्टीमा राप्रपा परेकोछ । राप्रापााले ५२ जनालाई उम्मेद्धावारी बनाएको छ । माओवादी केन्द्रले ३५ ,एकीकृत समाजवादीले ५ जना ,जनता समाजबादी पार्टीले ७ जना ,राष्ट्यि जनमु्क्ति पार्टीले ५ जनालदाई उम्मेद्धावार बनाएका छन । माओवादी जसपा एकिकृत समाजवादी र जनमोर्चाले गठबन्धन गरेपनि सबै जोड्दा समेत ५७ पुगेका छैनन् ।
कपिलवस्तुुमा सुचिकृत भएका ३७ वटा दलहरुमध्येबाट बाणगंगामा ११ वटा दलले मात्र उम्मेद्धावारी दर्ता गराएका छन । गजवको कुरो त केछ भने लोसपाले १ जनालाई पनि उम्मेदवार वनाउन सकेन । राष्ट्रिय थारु हट पार्टीले मेयरमा मात्र उ्ममेवादी दिएको ेछ । राष्ट्रिय जनमोर्चाले केही वडामा वडा अध्यक्ष सहति ९जनालाई उम्मेद्धवार बनाएको छ । मंगोल नेशनल पार्टीले ८ जना उम्मेदवार उठाएको छ । यसैगरि बाणगंगामा नग्र प्रमुखमा ३ जना उपप्रमुखमा २ जना ,वडा अध्यक्षमामा १२ जना ,वडा सदस्यमा २ जना गरि १९ जना स्वतन्त्र उम्मेदवारहरु खडा भएका छन । २५९ जना कुल उम्मेद्धवार रहेको बाणगंगामा महिलामा १०५ र पुरुषमा १५४ जना उम्मेद्धवार रहेका छन ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६