जीवनशैली

बाघको आक्रमणबाट माहुतेको मृत्यु



चितवन । बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी ९माहुते०को मृत्यु भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका करिब २३ वर्षीय माहुते रमेश चौधरी थारुलाई बाघले आक्रमण गरेको हो ।

हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

शरिरको घाँटी लगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको हो । शवको जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । छोराको मृत्युको विषयमा बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र थप अनुसन्धान गर्ने काम भइरहेको अधिकारीले बताए ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६