खोज–अनुसन्धान

विकास प्रेमीनेता गुरुङको अध्यक्षमा उम्मेदवारीले मतदाता उत्साहित




कपिलवस्तु १८ बैशाख ।नेकपा एमाले कपिलवस्तु नगरपालिकाको वडा नं ९ मा उम्मेदवार सहितको घरदैलो अभियान टोल वस्तीमा पुगेकोछ ।वडा अध्यक्ष दिपक गुरुङ सहितका ५ जना उम्मेदवार एमालेका सयौ कार्यकर्ताको साथमा घरदैलोमा पुगेका हुन् । कुस्मा र हर्नामपुरका विभिन्न टोलमा घरदैलो गरिएको हो । घरदैलो कार्यक्रमको नेतृत्व एमालेका केन्द्रिय लेखा आयोगका सदस्य विष्णु पन्थी,प्रदेश कमिटी सदस्य हिरालाल पौडेल,जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे , नगर सह इन्चार्ज सुन्दर पाण्डे ,देवराज पाण्डे लगायतले गर्नु भएको थियो ।
२०५४ सालको स्थानीय चुनावमा एमालेको उम्मेदवारको रुपमा निग्लिहवा गाविस अध्यक्ष जितेका पाका अनुभवी नेता दिपक गुरुङलाई अध्यक्ष उम्मेदवार वनाएपछि निवर्तमान वडा अध्यक्ष शिव वाग्ले समेत सिंगो टिमलाई विजयी वनाउन घरदैलोमा सहभागि हुनु भएको छ । एमालेले पहिले देखिनै जित्दै आएको वडामा यसपाली ठूलो अन्तरले जित्ने गरी घरदैलो ब्यवस्थित पारिएको जिल्ला सदस्य एवम वडा इन्चार्ज पार्वती पाण्डेले वताउनु भयो । वडा अध्यक्षका उम्मेदवार गुरुङलाई स्पष्ट दृष्टिकोण भएका विकास पे्रमी र केन्द्रिय स्तरमा समेत पहँुच रहेको नेताका रुपमा जनताले लिने गरेका छन् । सो वडाको सदस्यमा ठाकुर प्रसाद पाण्डे,कमला पौडेल , बविता सुनार र पवित्रा जिसी एमालेका उम्मेदवारका रुपमा घरदैलोमा हुनु हुन्छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६