खोज–अनुसन्धान

रङ्गमती बनिन् यो चुनावमा पहिलो निर्विरोध महिला वडाध्यक्ष



हुम्ला १८ बैशाख । हुम्लाको खर्पुनाथ गाउँपालिका(४ मा वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी जिल्लाबाटै पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी हुन् ।अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमलकुमार आचार्यले जानकारी दिए । उनका अनुसार दुुई जनाले शनिबार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि आज ९शनिबार० शाहीलाई निर्विरोध वडाअध्यक्ष घोषणा गरिएको हो । शाही नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी थिइन् । खार्पुनाथ गाउँपालिका(४ को वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए । माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो भने एमालेका उम्मेदवारले आफै फिर्ता लिएका थिए ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६