राजनीति

लौरो चिन्ह खोसिएकोमा ‘अटेरी’ गनेशको आपत्ति : ‘दलगत षड्यन्त्र भयो’



पोखरा महानगरपालिकाबाट मेयरको लागि स्वतन्त्र उम्मेदवार उठेका गनेश पौडेललाई दिइएको चुनाव चिन्ह लौरो खोसिएको छ । आजै बिहान निर्वाचन कार्यालयले प्रदान गरेको चुनाव चिन्ह खोसिएपछि निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका गनेशले दलगत षड्यन्त्रका कारण आफ्नो चुनाव चिन्ह खोसिएको बताउनुभएको छ ।

स्वतन्त्र उम्मेदवारी दिनुभएका गनेशले आफूले चुनाव चिन्ह देशैभरि एकरुपता हुने हिसाबले लिएको तर त्यो एकरुपतालाई खण्डित गर्ने काम निर्वाचन अधिकृतको कार्यलयले गरेको भन्दै विरोध जनाउनुभएको छ । अटेरी अभियान चलाइरहेका पाैडेलले आफ्नो फेसबुक अकाउन्ट मार्फत लाइभ गर्दै राजनीतिले निर्वाचन आयोगलाई पनि प्रभावित पारेको बताउनुभयो ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६