प्रदेश

अतिसंवेदनशीलको सूचीमा दाङका ११ मतदान स्थल



दाङ, १८ वैशाख । दाङमा ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशीलताको आधारमा जिल्लाका १ सय ५३ मतदान स्थलमध्ये ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखेको हो ।

१ सय ३१ मतदान स्थललाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्य सूचीमा राखिएको छ । भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, सुरक्षा निकायको संस्थागत उपस्थितिलगायतलाई आधार मानेर मतदान स्थलको वर्गीकरण गरिएको हो ।

त्यहीअनुसार सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । सुरक्षा निकायको तर्फबाट जिल्लाका दश पालिका अन्तर्गत रहेका मतदान स्थलको स्थलगत अनुमगमन समेत गरिएको थियो ।

त्यही अनुगमनको आधारमा सुरक्षा संवेदनशीलतालाई आधार मानेर मतदान स्थलको वर्गीकरण गरिएको हो । यसपालि पनि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन्।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६