खोज–अनुसन्धान

बाणगंगामा धेरै उम्मेदवारी दर्ता गर्नेमा तेश्रो बनेको राप्रपाको घरदैलोमा स्वतस्फूर्त जनउत्साह




कपिलवस्तु, १८ वैशाख ।राप्रपा बाणगंगाले एमाले र कांग्रेसपछि सबै भन्दा धेरै ५२ जना उम्मेदवार उठाएर वडा नं ७ र ८मा अभियानका साथ घरदैलो सम्पन्न गरेकोछ । ८का वडा अध्यक्ष उम्मेदवार भगेन्द्र वहादुर उचाई ठकुरी ,सदस्यमा अञ्जु थारु ,जया सुनार विशवकर्मा , दुर्गा थापा र शेर वहादुर भण्डारी सहित सयौको रयालीले घरदैलो गरेको हो । यता स्थानीय तहको निर्वाचन नजिकिदै जादा राजनीतिक दलहरुले चुनाव प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । यसैबिच पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति बढ्दो जनलहरले विभिन्न पालिकाहरुमा राप्रपाले आफना उम्मेदवार खडा गरी प्रमुख उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारलाई अघि सारेको छ ।राप्रपाले वाणगंगा नगरपालिकाको प्रमुखमा सीता कुमारी थारु उपप्रमुखमा डिल्लीराम शर्मा, वडाअध्यक्षका उम्मेदवारउम्मेदवारहरु राप्रपा पार्टीलाई मत माग्दै घरदैलोमा जुटेका छन् ।
राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपाले भ्रष्टाचार मुक्त राष्ट्र निर्माणमा स्थानीय तहमा आफना उम्मेदवारहरु विजयी बनाउन आग्रह गरेको छ ।राप्रपा वाणगंगाका नगर अध्यक्ष गिरिराज कडेल र बरिष्ठ नेता समाजसेवी राजेन्द्र विक्रम शाहको नेतृत्वमा नगरका सवै वडामा घरदैलो र मतदाता भेटघाटलाई तिव्र बनाएको हो । वाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार सूर्य कुमार गुरुङ, वडा सदस्य नेत्र भुसाल, महिला सदस्य स्वस्तिका राना मगर, दलित महिला सदस्य लक्ष्मी दर्जी, सदस्य विजय मल्ल सहितका उम्मेदवार तथा कार्यकर्ताले घरदैलो गरी राप्रपालाई मतदान गर्न आवहन गरेका छन् ।वडा सदस्यका उम्मेदवार नेत्र भुसालले बढ्दो अनिमियतता र भ्रष्टाचार न्यूनिकरण गर्दै सुशासन र समृद्ध नगर बनाउन आफना उम्मेदवारलाई हलो चिन्हमा भोट हाल्न वडावासीलाई आग्रह गर्नुभएको छ । वडा अध्यक्षका उम्मेदवार सूर्य कुमार गुरुङले राप्रपाको शिक्षा, स्वास्थ्य र खेलकुद लगाएतका क्षेत्रको निशुल्क गराउने भन्ने अभियान अघि बढाउदै आफुलाई मत मागेको बताउनुभयो ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६