कपिलवस्तु १८ बैशाख । नेकपा एमालेका केन्द्रिय सदस्य एवम राष्ट्रिय सभा सदस्य विमला घिमिरेले देशको आर्थिक विकासमा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति स्थापित गर्नु पर्ने वताउनु भएको छ। वाणगंगा नगरपालिकाको बोड्गाउमा भएको मजदुर दिवस विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो वताउनु भएको हो । मजदुर र सर्बहारा वर्गको नेतृत्व नेकपा एमालेले गरेको बताउनु भयो ।नेकपा एमाले केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने बताउनु भयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता रहेको तर्क गर्नु भयो ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज बलाराम अधिकारीले श्रमिकका लागि सीपमूलक तालिम, व्यावहारिक शिक्षा आवश्यकता रहेको बताउनु भयो । उहाँले सुरक्षित कार्य थलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।नेकपा एमाले बाणगंगाका मेयर पदका उम्मेदवार चक्रपाणी अर्यालले श्रमिकमाथि हुने विभेद अन्त्य गर्नु पर्ने बताउदै श्रमको उचित मूल्य दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल टे्ड युनियन महासंघ जिफन्ट लुम्निी प्रदेश सचिवालय सदस्य कर्ण बाहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला सचिवालय सदस्य टुकलाल गैरेले गर्नु भएको थियो । सोही कार्यक्रममा नेकपा एमालेका उपमेयरका उम्मेदवार रिता थारु लगायत जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया