कपिलवस्तु १८ बैशाख । नेकपा एमाले बाणगंगाले उम्मेदवार सहितको घरदैलोलाई सबै वडामा बिस्तार गरेकोमा ५ नम्बर वडाले भने सबैभन्दा पहिले सम्पन्न गरेको छ । नगर अध्यक्ष समेत रहनु भएका युवराज पोख्रेल वडा अध्यक्षको उम्मेदवार भएको यस वडामा ५ दिन लगाएर उम्मेदवारहरुले घरदैलो पुरा गरेका हुन । सबैका घरदैलोमा पुग्दा जनताहरुमा राम्रो उत्साह छाएको र आफूहरुको उम्मेदवारीहरुलाई जनताले अत्यन्तै सकारात्मक रुपमा लिएको पोख्रेलले बताउनुभयो ।स्वयम एमाले बाणगंगाके अध्यक्ष पोखरेल वडा अध्यक्षको उम्मेदवार बनेर वडामा आएपछि यहाको विकास निर्माणले उचित महत्व पाउने भन्दै स्थानीय बढी हर्षित देखिएका छन् । शालिन र भद्र स्वभाव, उच्च शैक्षिक ज्ञान र बचनका पक्का पोखरेललाई थारु समुदायले समेत राम्रोसंग रुचाएका छन् । सो वडामा झण्डै आधा जनसंख्या थारुको रहेको छ । थारुका बीच पोखरेल लोकप्रिय रहेको एमालेका जिल्ला उपाध्यक्ष विश्राम थारुको भनाइछ ।
मतदाताका बिचमा आफुले बिकास निर्माण र समृद्धिका प्रतिबद्धता जाहेर गरेको भन्दै निर्वाचित भएपछि पूरा गर्नेमा मतदातादाई बिश्वास दिलाएको वताउनु भयो । बा नं पा ५ मा मेयर उपमेयर सहितको घरदैलो अभियान पनि सम्पन्न भएको छ । सबैभन्दा छिटो घरदैलो सम्पन्न गरेको बा न पा ५ले नया नगर भित्र नयाँ रेकर्ड कायम गरेको छ ।यसैविच नेकपा एमाले बाणगंगा ३ वडा कमिटीको आयोजनामा वडाको चम्किपुर र ठांटीमा चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेको छ । वडा अध्यक्षका उम्मेदवार सन्तराम रौतार, वडा महिला सदस्य चन्द्रावती थारु, दलित महिला वडा सदस्य गंगा देवी परियार वडा सदस्य .बाबुराम आर्चाय र सोमनाथ राना सहित पार्टी कार्यकर्ताहरुको सहभागितामा घरदैलो तथा चुनाव प्रचार प्रसार गरिएको हो ।
यस्तै वडाको सिउटी र कर्महना टोलमा घरदैलो गरिने चुनाव प्रचार प्रसार वडा कमिटीले जनाएको छ । यसैविच वडा नं. ४मा पनि विभिन्न टोलमा नेकपा एमालेका वडा अध्यक्ष सहितका उम्मेदवारले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । यता नेकपा ऐमालले वाणगंगा नगरको वडा नम्बर ८ बोड्गाउ लगायत विभिन्न ठाउँमा चुनाव प्रचार प्रसार गरेको निवार्चन परिचालन संयोजक टुकलला गैरेले जानकारी गराउनु भयो ।यसैबिच यता बाणगंगा ११ मा पनि एमोलको घरदैलो अभियान तिब्र गतिमा चलिरहेको छ। वडा अध्यक्षका उम्मेदवार चेतनारायाण ढकाल सहितको वडा सदस्यका उम्मेदवारहरुको घरदैलो अभियान निरन्तर जारी रहेको छ । एमाले नेता शम्भु चौधरीको अगुवमा वडा नं ११ का बिभिन्न टोलहरुम घरदैलो अभियान जारी रहेको र अन्तिम चरणमा पुगेको बताईएको छ ।
१८ बैशाख २०७९, आइतबार
प्रतिक्रिया