खेलकुद

आईपीएलमा चेन्नई विजयी, हैदराबाद १३ रनले पराजित



काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो ।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले। यस्तै,  कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन जोडे ।

चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए भने मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै, डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय पारी खेले । कप्तान महेन्द्र सिंह धोनी ८ रनमा आउट भए । हैदराबादका टी नटराजनले २ विकेट लिए  ।

जितसँगै ९ खेलमा ६ अङ्क जोडेको चेन्नई नवौँ स्थानमा छ । हैदराबाद ९ खेलमा १० अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६