जीवनशैली

आजको मौसम : सातै प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना



काठमाण्डौ ।

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज उपत्यकासहित देशका धेरै ठाउँमा नै हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यसकै कारण आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम सामान्य बद्ली रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

दिउँसो सातै प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान छ । यस्तै, पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ्ग पर्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६