प्रदेश

वडाका समस्याहरु शुक्ष्म अध्यन गरेको छु, समाधान पनि आफौ गर्ने छुः पोख्ररेल




बाणगंगा, १९ वैशाख ।
आसन्न बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा वाणगंगा नगरपालिका वडा नं. ८ वाट वडा अध्यक्ष सहित सदस्यहरुका उम्मेदवारको नेपाली काग्रेसको सिंगो प्यानल चुनावमा होमियको छ । यस्तै नेकपा एमालले पनि वडामा आफ्नो सिंगो प्यानललाई चुनावि मैदानमा पठाएको छ । सोहि वडामा चारदलिय गठबन्धनको पनि प्रतिस्पर्धा रहेको छ । तिन वटौ प्रतिस्पर्धी ले आ आफ्नै जित दावि गरिरहेको बेला हामि आज नेपाली कांग्रेस बाणगंगा वडा ८का अध्यक्ष पदका उम्मेद्वार कृष्ण प्रसाद पोखरेल संग केहि कुराकानि गरेका छौं ।

तपाई एउटा उद्यमी किन वडा अध्यक्ष वन्न लाग्नु भएको हो ?

म पेशाले व्यवसायिक मान्छे हुँ, तर पेशा संगै मैले सामाजिक क्षेत्र र समुदायका धेरै व्यक्तिहरुका असजिला कामहरु विना भेदभाव, यो वा त्यो नभनिकन इमान्दारी पूर्वक निभाएको छु । अनि, म जेसिज, उद्योग वाणिज्य संघ लगायत धेरै संस्थामा नेतृत्वदायी भूमिका समेत खेली सकेको छु । काम कसरी गर्ने र कसका लागि काम लक्षित गर्नु पर्छ भन्ने कुरामा मेरो अनुभव समेत छ । लामो समय देखि सामाजिक क्षेत्रको काम गर्दै आईरहेको छु । नेपाली कांग्रेस पार्टीसंग आवद्ध भई काम गर्ने दौरानमा पार्टी र सुभचिन्तकहरुले समेत मलाई नेतृत्व गर्नु पर्छ भन्ने ठहर गरे पछि म समुदायको आर्थिक रुपन्तरण, विकास र परिवर्तनको लागि मैले उम्मेदवारी दिएको हो । तर मैले जिते पछि कसैलाई पछुतो हुने अवस्था आउन चाहि दिन्न यो चाहि पक्का हो ।

तपाई वडा अध्यक्षमा विजयी हुनुभयो भने के के सुधार गर्नु पर्ने ठाउँहरु छन जस्तो लाग्छ ?

उम्, धेरै छन । अनुभवकै आधारमा भन्ने हो भने धेरै नै छन् । योजनाका कुराहरुछन् । पार्टी नमिले पछि आउने भेदभावहरु छन् । विपक्षीहरुको आत्म सम्मानको कुराहरु छन् । सर्व पक्षिय सहकार्यका कुराहरु छन् । श्रोत वितरणमा तालमेल र सवैलाई समेटेर लानु पर्ने कुराहरु छन् । ठूला योजनाहरु भित्राउदा सर्वदलिय सहकार्यका कुराहरु छन् । वृद्धवृद्धाको भत्ता वितरणमा भएको असहजता लगायत धेरै वडावासीहरुवाट आएका गुनासाका कुराहरु छन जुन मैले डायरी मेनटेन गरेर राखेको छु । ति सवै लाई सुधार गर्ने इमान्दार प्रयास गर्ने छु ।

अव तपाईले यो यो काम गर्छु भन्ने त्यस्तो केही योजना वनाउनु भएको छ ?

अव यत्रो माहान चाड वा संग्राममा होमिय पछि त विना योजना जाने भन्ने कुरै हुदैन नि, छन, योजनाहरु मस्तै छन ।

तपाइले गर्ने कामका योजनाहरु एक, दूइ, तिन भनेर वताउन सक्नु हुन्छ ?

ल सुन्नुस, मेरो योजनाहरु, पहिलो त वडा भित्रको वाटो बाणगंगा पुलदेखि धनेशपुर, गन्सहवा, ढोडेकोल, मोर्मी, बण्डौली, मधुबन, बाणगंगा को चक्रपथ जस्तो कम्तीमा पनि ६ मिटर चौडाको वाटो निर्माण र हरियाली, फुलहरुको व्यवस्थापन समुदायसंग सहकार्य गरी निर्माण गर्ने वा सञ्चालन गर्ने । दोस्रो माथी भनिएका जस्ता वडावासीका गुनासाहरु सुन्ने र सामाधानको पहल गर्ने । तेस्रो टोल विकास संस्थाहरु र उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाका ७ चरणहरु, विकास, अवधारणा, शुशासन तथा पारदर्शिताका सवालमा क्षमता अभिवृद्धि गर्ने । चौथो, सके सम्म वस्तीतह कै चाहना वमोजिमका योजनाहरुलाई प्राथमिकिकरण गरी योजना तय गर्ने, पाँचौ, केन्द्र तथा प्रदेश अन्तरगतका योजना ल्याउन सर्वदलिय संयन्त्र निर्मााण गरी परिचालन गर्ने ।, छैठौं, युवाहरुलाई लक्षित गरी आय आर्जन विकास गर्न सक्ने तालिम कार्यक्रम आयोजना गर्ने । सातौं, वडा नं. ८ को सर्वपक्षिय विकासकालागि विभिन्न संघ, संस्था तथा दातृ निकायहरुसंग समन्वयात्मक कार्य गर्ने । आठौं, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नविन शैलीवाट परिचालना गरी वडा नं ८ का पर्यटकिय क्षेत्रहरुको प्रर्वद्धनात्मक कार्यमा सहयोग लिने । नवौं, हिंसा तथा दुव्र्यवहारमा परेका महिला तथा वालवालिकाहरुको लागि सुविधा सम्पन्न आप्रवासन सेवाकालागि सामुदायिक भवनको व्यवस्थापन गर्ने । दशौं, वालश्रम मुक्त, वालविवाह मुक्त, हिंसा मुक्त वडा घोषणाकालागि दातृ निकाय एवं विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्ने । एघारौं, विकास निर्माण, पर्यटकिय क्षेत्रको प्रवद्र्धन, यस क्षेत्रको गौरवको आयोजनाहरु निर्माण गर्दा सर्व पक्षिय समन्वयको पहल गर्नु । वाह्रौ, सामुदायिक वनको श्रोत परिचालन गर्न वन उपभोक्ता समितिहरुसग साझेदारीका लागि समन्वय गर्ने । तेह्रौं, वडाको सरसफाईका लागि टोल टोलमा सरसफाई समिति निर्माण गरि परिचालन गर्ने । चौधौं, वडा नं ८ भित्र रहेका विभिन्न संघ, संस्थाहरु, व्यवसायिक निकायहरु, वौद्धिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रका विज्ञहरुको त्रैमासिक वैठक वसी विकासका नयाँ आयामहरु र योजनाका सम्वन्धमा व्यापक वहस संचालन गर्ने, पन्ध्रौं, विपक्ष दलका पदाधिकारीहरुलाई छाया समितिका रुपमा मान्यता दिई उनिहरुको सुझावहरुलाई आत्मसाथ गर्नु तथा उनीहरुसंग उचित व्यवहार गर्नु, निषेधको राजनीति भन्दा सम्मान जनक अवस्था सृजना गर्ने । सोह्रौं, अव्यवस्थित वसोवास भएकाहरुलाइ सरकारी नीति वमोजिम व्यवस्थित गर्दै जानु र वडामा रहेका जमिन नहुनेहरुको कमितमा पनि छाप्रो अर्थात घर वनाइ वस्ने अधिकार सुनिश्चित गर्नु । अरु धेरै छ । अरु धेरै छन् । तोकिए वमोजिमका नीतिगत कार्यहरु त भइहाल्छन । अरु धेरै भनौं भने कृषि, उद्यमशिलता, रोजगार मुलक तालिम, सामाजिक सांस्कृतिक संरक्षणका विषयहरु, एकल महिला, अपांगहरु, किशोर किशोरीका सवालहरु छन ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

म वाल्य काल देखि नै यही ठाउँमा वसेका मान्छे । यहाँको भौगोलिक अवस्था जनसांख्यिक आवस्था थाह छ । यहाँ पहाडी समुदाय पछिको सवै भन्दा ठूलो जनसंख्या भनेका थारुहरुको हो । थारुहरु पहाडी समुदायको तुलनामा अलिक पछि छन् । थारुहरुका संस्कृति हराउन लागेको हुनकी भन्ने पनि देखिन्छ । उनीहरुको संस्कृति संरक्षण गर्नु तपाइ हामी सवैको दायित्व हो । यहाँ मुस्लिम परिवारहरु समेत छन उनीहरुको सम्मान समेत गर्नु पछि । यहाँ मगर, गुरुगंहरुको वसोवास पनि छ र उनीहरुको पनि आफनो संस्कृति छ, त्यसलाई पनि वचाउनु छ । यहाँ वुद्धिष्टहरु पनि छन्, यहाँ पर्यटयि क्षेत्रहरु पनि छन् । यहाँको कडवा चौरलाई संरक्षण गरी पर्यटिकयि क्षेत्र, मन्दिर, पिकनिक स्पट र भविष्यका लागि चिडिया खाना जस्तै वा अरु कुनै राम्रो कामका लागि प्रयोग गर्न सकिने धेरै कुराहरु छन् । यी सवै कुराहरु थाह भएको एक सचेत नागरिक भएको हुनाले म वडा अध्यक्ष पदका लागि योग्य छु जस्तो लाग्छ र सम्पूर्ण वडा वासीहरुलाई आफनो अमुल्य मत दिएर म र मेरो समुहलाई जिताउन हुन अनुरोध गर्न चाहन्छु । मलाई लाग्छ मेरो जित सुनिश्चित छ, म कसैलाई पछुतो हुने दिने छैन । साथै मेरो कुराहरु राख्ने मैका दिनुभएकोमा हजुरलाई र हजुरको भागिरथी मिडिया प्रा।लि लाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
यतिन्जेल सम्मको कुराकानीको लागि समय दिनु भएको धन्यवाद ।
तपाईहरुलाई पनि धन्यवाद मलाई मेरा कुरा राख्ने समय दिनु भो ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६