काठमाण्डाै – पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार दुई सय ५५ जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप १८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ११ जनामा झरेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।
यही अवधिमा १६ हजार १० जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया