अर्थ-वाणिज्य

भद्र प्रतिस्पर्धाको अनुपम नगर बन्यो बाणगंगा : प्रतिस्पर्धी मेयरका उस्तै छन् धेरै विशेषता




भेषराज पाण्डे
कपिलवस्तु २० बैशाख । कपिलवस्तुका १० वटा पालिका मध्ये बाणगंगा सबैको नजरमा पर्ने र जिल्लाको राजनीतिलाई नै दिशाबोध गर्ने नगरपालिका हो । ३० बैशाखको चुनाव मार्फत यहाको नेतृत्व लिन मुलत ३ वटा समुह प्रतिस्पर्धाकालागि खडा भएका छन् । देशकै ठूलादल र वणगंगाका पनि मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस एकल रुपमा प्रतिस्पर्धामा छन् भने माओवादी एकिकृत समाजवादी जसपा र राजमो गठबन्धन वनाएर प्रतिस्पर्धाको मैदानमा छन् ।
चुनावमा उठेका सबैले जित्ने सपना देख्नु त्यहि अनुसार उत्साहीत भएर लाग्नु स्वभाविक हो । तर बाणगंगा वासी र स्वमय कपिलवस्तुवासीले पनि सहजै अनुमान लगाउने पक्ष के हो भने वाणगंगामा एमालेसंग प्रतिस्पर्धा गर्ने शक्ति भनेकै कांग्रेस हो । यसपाली काणगंगा नगरपालिकोको स्थानीय चुनावमा केहि समान विशेषता भएका एमाले र कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन् । सबै भन्दा पहिला मेयरका उम्मेदवार तर्फ हेर्दा एमालेका चक्रपाणी अर्याल र कांग्रेसका रविराज आचार्य दुबै शान्त र भद्र स्वभावका उम्मेदवार हुन । आचार्यले अहिले सम्म कुनैपनि विवादमा आउने काम गरेका छैनन् भने एक कार्यकाल उपमेयर चलाएका अर्याल पनि निस्कलंक मानिन्छन् । अहिले सम्म कुनैपनि आर्थिक सामाजिक वा अन्य प्रकारको विवादवाट अर्याल मुक्त छन् ।
उनीहरु बीचको दोश्रो समानता हो वोल्दा खेरी एक अर्कालाई गाली गर्ने कमजोर देखाउने तुच्छ शैली प्रयोग गर्ने उनीहरु दुबैको वानी छैन । नजतालाई चाहिने नचाहिने धेरै आश्वासन दिने काम पनि दुबैले गरेको पाइदैन । एमालेका मेयर प्रत्यासी चक्रपाणी अर्यालले घरदैलोमा पुगेर मतदातासंग एक कार्यकाल उपमेयर भएर काम गरे अधिकार सबै मेयरमा हुने भएकाले सोचे अनुसार गर्न सकेन ।त्यसैले यसपाली मलाई जिताउनुहोस वाणगंगालाई प्रदेशकै समृद्ध नगर बनाउछु भन्ने वताउदै आएका छन् । यता कांग्रेसका मेयर प्रत्यासी रविराज आचार्यले धेरै वर्ष पार्टीमा काम गरे पहिलो पटक चुनावमा आएको छु बाणगंगालाई समुन्नत नगर वनाउने मेरा धेरै सपना छन जितउनुस र काम गर्ने अवसर दिनुस भन्ने गरेका छन् ।
उनीहरु बीचको तेश्रो विशेषता हो प्रचार शैली निर्वाचन आयोग तोके अनुसारको साधारण हुनु । नत धेरै झण्डा ब्यानर नत पर्चा पम्पलेट नत कुनै वाजा गाजा नत चुनावमा खट्ने कार्यकार्तालाई साझमा अल्कोहलिक नन भेज खाजा । यी सबै कुरा यसपाली वाणगंगामा देखिएका छैनन् । वाणगंगाको यहि यर्थाताले साच्चै प्रभावित बनेको वताउनु हुन्छ इलाका प्रहरी कार्यलप पिपराका निरिक्षक दिपक वावु केसी । उहा भन्नु हुन्छ यस्तो उच्च राजनैतिक सस्कार भएको , स्वच्छ र मैत्रिय प्रतिस्पर्धामा विशवास भएको , तामझाम र तडक भडकवाट अलग रहेको अनुपम नगर रहेछ वाणगंगा । म आएको २ हप्ता पुग्दैछ यहि घर वनाएर यस्तो असल ठाउमै वासिन्दा बनौ जस्तो लागि रहेको छ निरिक्षक श्रेष्ठले खुलेरै वाणगंगाको प्रसंसा गर्नु भयो ।
मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसका मेयर उम्मेदवारको अर्काे साझा विशेषता हो अर्याले एक कार्यकाल उपमेयर चलाएर निमय कानुन र विधी विधानका कुरा राम्रो गरी बुझन सफल हुनु आचार्यको विशेषता हो आफै वकिल पेशा गरेकाले नियम कानुनमा राम्रो दखल राख्नु । पाँचौ विशेषता हो गंभिर स्वभाव, शालिन ब्यक्तित्व , धेरै सुन्नु थोरै मात्र बोल्नु , कतिपय सवालमा मौन बस्न सक्नु तर गलत वोलेर सही हो भनेर दावि नगर्नु । यी र यस्तै विशेषताले उनीहरु यतिबेला कपिलवस्तुका भद्र उम्मेदवारको रुपमा देखा परेकाछन् ।
यतिमात्र होइन उमेयरमा पनि केहि यस्तै साझा बिशेषता पाइएका छन् एमालेका तर्फवाट उपमेयर उम्मेदवार रीता थारु र कांग्रेसकी उम्मेदवार तारावती थारु दुबै थारु समुदायका मात्र होइन दुबै कोपवाका उम्मेदवार हुन् । गाउ फरक तर ठाउ एउटै हुनु उनीहरुको पहिलो विशेषता हो । दुबै समाजमा भिजेका पात्र हुन् तारावती गैसस पष्ठभूमीवाट जिजस उप प्रमुख भएर काम गर्दा जनतामाझ पुगेकी छन् भने रीता पनि गैसस पृष्ठ भूमीवाट एमालेको जिल्ला सदस्य भएर काम गर्दा जनतामाझ पुगेकीछन् ।दुबैको अर्काे विशेषता हो वोल्न भाषण गर्न वा मञ्च सम्हाल्न आफैमा सक्षम हुनु । त्यसैले त यतिबेला कोपवावासी भन्छन् मेयर को बन्छ थाहाछैन उपमेयर भने कोपवाकै वन्छ ग्यारेण्टीछ । किनभने २ प्रतिस्पर्धी नै साविक कोपवा गाविसका हुन। चुनाव जसले जित्ला अहिले नै यसो वा उसो नभनौ वाणगंगाले पस्केको असल सस्कार ग्रहण गर्न कपिलवस्तुका अरु पालिकाका उम्मेदवारले सके भने यो समग्र कपिलवस्तुकै जीत हुनेछ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६