समाचार

भारतका प्रधानमन्त्री मोदी र जर्मन चान्सलरबीच भेटवार्ता



काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो साेमवार जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेट्नुभएको हो ।

भेटमा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको छ । साथै रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको समाचार संस्था एएनआईले जनाएको छ ।

प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क र फ्रान्सको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६