खेलकुद

१९ वर्षमुनिकाे विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा



काठमाण्डाै – १९ वर्षमुनिकाे महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिकाे महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा हिजो साेमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो । 

अर्को वर्ष दक्षिण अफ्रिकामा हुन लागेको १९ वर्षमुनिकाे महिला विश्व कप छनोटमा एसिया क्षेत्रबाट नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले सन् २०२३ मा जनवरी/फेब्रुअरीमा हुने विश्व कप खेल्नेछन् । छनोट आउँदो जुन ४ तारिखदेखि सुरु हुनेछ । 

नेपाली टोलीमा किरण कुवँर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रन्जु श्रेष्ठ, अन्जली बिक, हिरन्मायी रोय, अलिशा खडीया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी, मनिषा चौधरी रहेका छन् । 

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६